सवारी दुर्घटनामा मानिसको मृत्यु
२०८०-०९-०८
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा. १८ ई गाँउ स्थित स्थित से ५ प ४७७५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई सडकमा पल्टिन गई शनिबार राती दुर्घटना हुँदा चालक ऐ. १२ जुगेडा बस्ने बर्ष २८ को पप्पु बहादुर कामीको मृत्यु भएको हो । दुर्घटनामा गम्भिर घाईते भएका उनको उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढीमा पुर्याई डाक्टरले चेकजाँच गर्ने क्रममा मृत्यु घोषणा गरेको हो । दुर्घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
कञ्चनपुर:- जिल्ला कञ्चनपुर,बेदकोट न.पा.६ सिसैया स्थित से. १ त ८९३० नम्बरको ट्याक्टरको ठक्करबाट जिल्ला बैतडी, दोगडा केदार गाँउपालिका घर भई हाल जिल्ला कञ्चनपुर,बेदकोट न.पा.६ स्थित मामाको घर बस्ने असोक चन्दको छोरा बर्ष ६ को लव चन्दको शनिबार साँझतिर घटनास्थलमै मृत्यु भएको हो । निज बालक घर नजिकै खेलिरहेको अबस्थमा उक्त ट्याक्टरले ठक्कर दिंदा निजको घटनास्थलमै मृत्यु भएको हो । ट्याक्टर र ट्याक्टर चालक ऐ.न.पा.१० नयागाउँ बस्ने बर्ष ४५ को राम बहादुर खुनालाई प्रहरीले नियन्त्रणमा लिई दुर्घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।