आगलागीबाट बालकको जलेर मृत्यु
२०८०-०९-१२
- A
- A-
- A+
दार्चुला:- जिल्ला दार्चुला, नौगाड गा.पा. ३ होपरीगाड बस्ने रणबीर टमटाको घरमा बिजुलीको तार सर्ट हुन गई बुधवार साँझतिर आगलागी हुँदा निजको ४ महिनाको छोरा बिजय प्रकाश टमटा जलि घट्नास्थल मै मृत्यु भएको हो । उक्त आगलागीबाट घर भित्र रहेका खाद्यान्न,भाडावर्तन,लत्ताकपडा लगायतका सामानहरु जलि नष्ट भएको हो । उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।