प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगलागीबाट बिभिन्न धनमाल जली नष्ट

२०८०-०९-१७

  • A
  • A-
  • A+
Share

कैलाली:- जिल्ला कैलाली, धनगढी उप- महानगरपालिका १ शान्तिनगर स्थित सागर सम्शेर राणाको जय श्री चन्डिका ट्रेडर्स एण्ड सप्लायर्समा बिद्युतको तार सर्ट हुन गई पसल भित्र रहेको खाद्यान्न, किराना सामान तथा पेय पदार्थका  साथै पसल भित्र पार्किंङ गरि राखेको स्कुटि समेतमा आगलागी हुँदा अन्दाजी मुल्य रु २०,००,०००।- (बिस लाख) बराबरको धनमाल क्षती भएको हो । उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिई आगलागी सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

दार्चुला:- जिल्ला दार्चुला,नौगाड गा.पा. ६ धुलिगडा मझगाँउ स्थित जयसिंह धामीको ढुङ्गा माटोले बनेको पत्थरले छाएको २ तले ६ कोठे घरमा बिजुलिको तार सट भई सोमबार दिउँसो आगलागी हुँदा घर भित्र रहेका खाद्यान्न, लत्ताकपडा जली नष्ट भएका छन । आगलागी सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार