प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागू औषध सहित मानिस पक्राउ

२०८०-०९-१९

  • A
  • A-
  • A+
Share

डडेल्धुरा:- जिल्ला डडेल्धुरा,अमरगढी नगरपालिका १ स्याउलेबाट ५.२७ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित धनगढीबाट अछाम जादै गरेको सु.प.प्र.०१ ००१ ख ३४०७ नम्बरको बसमा सवार जिल्ला अछाम साफे न.पा. ३ बस्ने बर्ष २९ को सुमन ठकुल्ला र ऐ. बस्ने बर्ष २८ को असोक स्वाँर र सोहि ठाँउबाट ०.०९ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित धनगढीबाट बझाङ जादै गरेको  ना.६ ख ७२१८ नम्बरको बसमा सवार जिल्ला दार्चुला मार्मा गा.पा. ४ बस्ने बर्ष ३२ को गोरे सुनारलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।  प्रहरी चौकी  स्याउले डडेल्धुराबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

कैलाली:- जिल्ला कैलाली, जानकी गा.पा. ८ बेबस्थित नगर जाने भित्रि सडक खण्डबाट १३० मिलीग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित लम्कि चुहा न.पा. १ भुरुवा बस्ने  बर्ष २० को समिर चौधरीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

कैलाली:- जिल्ला कैलाली,धनगढी उप-महानगरपालिका ३ मिलन चोकबाट २ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित ऐ.२ बस्ने बर्ष २४ की पवित्रा आचार्य र बर्ष २५ की रिया बिष्टलाई बुधबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी त्रिनगर कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा  निजहरुको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजहरुले प्रयोग गरेको स्कुटि थान १ र निज दुवैजनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।