मृत अवस्थामा फेला
२०८०-०९-१९
- A
- A-
- A+
डडेल्धुरा:- जिल्ला डडेल्धुरा, अमरगढी न.पा. ८ टाँटर स्थित राजु के.सी.को बाझो घरमा बस्दै आएका जिल्ला बैतडी दशरथचन्द न.पा. ३ स्थाई वतन भएको बर्ष ३६ को नरेश नाथ घरको आगनमा बुधबार बिहान मृत अवस्थामा फेला परेका हुन । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट आवश्यक अनुसन्धान भईरहेको छ ।