प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैंध भन्सार छलिका सामान सहित मानिस पक्राउ

२०८०-०९-२०

  • A
  • A-
  • A+
Share

कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ३ ब्यारेल अगाडीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,५५,०००।–बराबरको गाडीका पार्टपुर्जाहरु (ब्लक होल्डर, ग्लयान्डर मेसिन,गाडीको हर्न,रेगुलेटर,फोर पिन रिले, टर्मिनल, बेरिङ्ग लगायत ) सहित जिल्ला डोटी शिखर न.पा. १ बस्ने बर्ष ३० को पदम बहादुर साउँदलाई बिहीबार साँझतिर प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।

यसैगरी:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ३ ट्राफिक चोकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. २४,४१०।–बराबरको प्याज, चिनी, गुडपापडी, सरप, पानीपुरी, बिडी लगायतका सामानहरु र धनगढी उ.म.न.पा. ९ त्रिबेणी घाटबाट अन्दाजी मूल्य रु.९०,०००।–बराबरको पानी तान्ने मोटर गरी जम्मा अन्दाजी मुल्य रु.१,१४,४१०।– बराबरको समानहरु बिहिबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा  लिएको हो । 

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।