अबैंध भन्सार छलिका सामान सहित मानिस पक्राउ
२०८०-०९-२०
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ३ ब्यारेल अगाडीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,५५,०००।–बराबरको गाडीका पार्टपुर्जाहरु (ब्लक होल्डर, ग्लयान्डर मेसिन,गाडीको हर्न,रेगुलेटर,फोर पिन रिले, टर्मिनल, बेरिङ्ग लगायत ) सहित जिल्ला डोटी शिखर न.पा. १ बस्ने बर्ष ३० को पदम बहादुर साउँदलाई बिहीबार साँझतिर प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।
यसैगरी:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ३ ट्राफिक चोकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. २४,४१०।–बराबरको प्याज, चिनी, गुडपापडी, सरप, पानीपुरी, बिडी लगायतका सामानहरु र धनगढी उ.म.न.पा. ९ त्रिबेणी घाटबाट अन्दाजी मूल्य रु.९०,०००।–बराबरको पानी तान्ने मोटर गरी जम्मा अन्दाजी मुल्य रु.१,१४,४१०।– बराबरको समानहरु बिहिबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।