लागू औषध सहित मानिस पक्राउ
२०८०-०९-२०
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली,धनगढी उप-महानगरपालिका २ त्रिनगर ब्यारेल नजिकबाट ५ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित ऐ.१३ बस्ने १८ बर्षिय किशोरलाई बिहीबार दिउँसोतिर प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगर कैलालीबाट खटिएको सयुक्त प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।