प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैंध भन्सार छलिका सामान सहित मानिस पक्राउ

२०८०-०९-२२

  • A
  • A-
  • A+
Share

कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा. २ त्रिनगरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ६४,७००।–बराबरको गाडीका बिभिन्न पाटपुर्जाहरु सहित जिल्ला कैलाली गोदावरी न.पा.६ बस्ने बर्ष ३९ को शेर बहादुर खडायतलाई शनिबार दिउँसो प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि कारवाहीका लागि प्रहरीले सामान सहित निजलाई त्रिनगर भन्सार कार्यालय कैलालीमा बुझाएको हो ।

यसैगरी:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ३ भन्सार कार्यालय नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ४८,०६०।–बराबरको चिनी,मिठाई, नरिवल,सरप, गोल्ड मसला, पानीपुरी,बदाम,बिस्कुट लगायतका समानहरु शनिबार साँझ प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा  लिएको हो ।

कञ्चनपुर:- जिल्ला कञ्चनपुर, भिमदत्त.न.पा.१० बिद्युत कार्यालय अगाडीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,०१,०२०।–बराबरको सुट,ज्याकेट,खाद्यान्न,हार्डवेयरका समानहरु शनिबार साँझ प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।