आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
२०८०-०९-२२
- A
- A-
- A+
बैतडी:- जिल्ला बैतडी, डिलासैनी गा.पा.६ थलाल गाउँ बस्ने पुष्कर थलालको ढुङ्गा,माटो,काठ र पत्थरले छाएको दुई तले चार कोठे कच्ची घरमा बिजुलीको तार सर्ट हुन गई शनिबार साँझ आगलागी हुँदा घर भित्र रहेका अन्नपात,लत्ता कपडा,सुन,नगद लगायत गरी अन्दाजी रु. ५,००,०००।-(पाँच लाख ) बराबरको धनमाल जलेर नष्ट भएको हो । उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै आगलागी सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।