लागू औषध सहित मानिस पक्राउ
२०८०-०९-२३
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१३ शिबटोलबाट १२० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोहि ठाउँ वस्ने २२ बर्षिय शंकर राना समेत दुई जनालाई आईतबार दिउँसोतिर प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी कैलाली गाँउ कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निज दुवै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
कञ्चनपुर:- जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.३ तिलकपुरबाट ५ किलो १०४ ग्राम लागू औषध चरेश जस्तो देखिने पदार्थ सहित जिल्ला बझाङ केदास्युँ गा.पा. ६ बस्ने बर्ष ६३ को नर बहादुर धामीलाई आईतबार राती प्रहरीले पक्राउ गरेको हो । नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र वडा प्रहरी कार्यालय महेन्द्रनगर कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजले बोकी राखेको झोलाबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।