आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
२०८०-०९-२३
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, गोदावरी न.पा.८ मझगाउ बस्ने श्याम लाल चौधरीको टायलले छाएको २ तले ६ कोठे कच्चि गोठमा आगो ताप्ने क्रममा आईतबार दिउँसो अचानक आगलागी हुँदा गोठ भित्र रहेका चम्फा ट्याक्टर, काठ, भुसा पराल,पाईप लगायतका सामानहरु गरी अन्दाजी रु.३,००,०००।-(तीन लाख ) बराबरको धनमाल जलेर नष्ट भएको हो । उक्त आगलागी प्रहरी,स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिनुका साथै आगलागी सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।