लागू औषध सहित मानिस पक्राउ
२०८०-०९-२४
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा. १३ कैलाली गाँउ स्थित बिष्णु टोलबाट १६० मिलीग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाउँ बस्ने बर्ष २५ को कमलेस राना र बर्ष २१ को राकेश रानालाई सोमबार राती प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी कैलाली गाँउबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।