अबैंध भन्सार छलिका सामान सहित मानिस पक्राउ
२०८०-०९-२५
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, कैलारी गा.पा.७ खैरहुवा सामुदायिक बनबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,११,३५०।–बराबरको चप्पल,जुत्ता,मोजा,हातको पन्जा,पेन्टी कट्टु,लेडीज कपडा,मोटरसाईकल थान-१ सहित ऐ. ३ शिवरत्नपुर बस्ने बर्ष २२ को डिगम्बर चौधरीलाई मंगलबार दिउँसो प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।
यसैगरी:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ३ भन्सार कार्यालय नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.६५,५००।–बराबरको चिनी,प्याज,कस्मेटिक लगायतका सामानहरु मंगलबार साँझ प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।
कञ्चनपुर:- जिल्ला कञ्चनपुर, बेलौरी न.पा. ७ बरैयाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. २८,०००।–बराबरको माछा मंगलबार दिउँसो प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त माछा नष्ट गरेको हो ।