आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
२०८०-०९-२५
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा. १३ एकता टोल स्थित जंग बहादुर चौधरीले सञ्चालन गरेको सुदूरपश्चिम कृषी तथा पशुपंक्षी फर्ममा अचानक बिद्युतको तार सर्ट हुन गई मंगलबार साँझतिर आगलागी हुँदा फर्म भित्र रहेका बोईलर कुखुराको चल्ला,दाना,भुसा,चारो खुवाउने भाँडा लगायतका सामानहरु गरी अन्दाजी रु. ६,००,०००।-(छ लाख ) बराबरको धनमाल जलेर नष्ट भएको हो । उक्त आगलागी प्रहरी,स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिनुका साथै आगलागी सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ