प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बसको ठक्करबाट वालकको मृत्यु

२०८०-०९-२६

  • A
  • A-
  • A+
Share

कञ्चनपुर:-जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. १४ पलिया स्थित पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको से १ क ९९९ नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने गजेन्द्र कुँवरको छोरा वर्ष ३ को कार्तिक कुँवरको बुधबार साँझतिर मृत्यु भएको हो । बसको ठक्करबाट गम्भिर घाईते भएका उनको महाकाली प्रादेशिक अस्पताल कञ्चनपुरमा उपचारको लागि ल्याएकोमा डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको हो । उक्त बस र बस चालक ऐ. १८ भाँसी बस्ने बर्ष ६१ को राम बहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिनुका साथै उक्त घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।