बसको ठक्करबाट वालकको मृत्यु
२०८०-०९-२६
- A
- A-
- A+
कञ्चनपुर:-जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. १४ पलिया स्थित पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको से १ क ९९९ नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने गजेन्द्र कुँवरको छोरा वर्ष ३ को कार्तिक कुँवरको बुधबार साँझतिर मृत्यु भएको हो । बसको ठक्करबाट गम्भिर घाईते भएका उनको महाकाली प्रादेशिक अस्पताल कञ्चनपुरमा उपचारको लागि ल्याएकोमा डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको हो । उक्त बस र बस चालक ऐ. १८ भाँसी बस्ने बर्ष ६१ को राम बहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिनुका साथै उक्त घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।