अबैंध भन्सार छलिका सामान बरामद
२०८०-०९-२७
- A
- A-
- A+
कञ्चनपुर:- जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.११ भुजेलाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १,१०,२००।–बराबरको चिनी,मिश्री,जुत्ता,चप्पल,हुड,अण्डरट्राउजर लगायतका सामानहरु र पुनर्वास न.पा. ४ कोटीहोमबाट अन्दाजी मूल्य रु. २२,७५०।–बराबरको माछा गरि अन्दाजी मुल्य रु.१,३२,९५०।– बराबरको सामानहरु बिहिबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।