लागू औषध सहित मानिस पक्राउ
२०८०-०९-२७
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा. १ लालीपुल नजिक महराईन ईन्सच्युटबाट १ ग्राम ४२० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाउँ बस्ने बर्ष ३० को संजय चौधरी र ऐ. गौरीगंगा न.पा. ८ बस्ने बर्ष २९ को हरिश चौधरीलाई बिहीबार राती प्रहरीले पक्राउ गरेको हो । गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।