प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैंध भन्सार छलिका सामान सहित मानिस पक्राउ

२०८०-०९-२८

  • A
  • A-
  • A+
Share

कैलाली:- जिल्ला कैलाली, ध.उ.म.न.पा. ४ दक्षिणकाली सब्जिमण्डी नजिकै माँ-गिरीजा स्टोरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,२७,०००।–बराबरको प्याज सहित ऐ. २ शिवरत्नपुर बस्ने बर्ष २७ को धर्मेन्द्र चौधरीलाई शुक्रबार दिउँसो प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।

यसैगरी:- जिल्ला कैलाली, ध.उ.म.न.पा. २ बालुवा घाट बाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १३,३८०।–बराबरको चिनी,बिडी,आन्टी,भुजा,सिसाकलम लगायतका सामानहरु, ध.उ.म.न.पा. २ ट्राफिक चौराह नजिकबाट अन्दाजी मूल्य रु. ८,४००।–बराबरको प्याज,नरिवल,हरियो मटर,मिठाई,फेसवास लगायतका सामानहरु र भजनी न.पा.५ लालबोझीबाट अन्दाजी मुल्य रु. ४२,५००।– बराबरको दरी र मोटरसाईकल थान-१ गरी जम्मा अन्दाजी मुल्य रु. ६४,२८०।- बराबरको सामानहरु शुक्रबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।