अबैंध भन्सार छलिका सामान सहित मानिस पक्राउ
२०८०-०९-२८
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, ध.उ.म.न.पा. ४ दक्षिणकाली सब्जिमण्डी नजिकै माँ-गिरीजा स्टोरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,२७,०००।–बराबरको प्याज सहित ऐ. २ शिवरत्नपुर बस्ने बर्ष २७ को धर्मेन्द्र चौधरीलाई शुक्रबार दिउँसो प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।
यसैगरी:- जिल्ला कैलाली, ध.उ.म.न.पा. २ बालुवा घाट बाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १३,३८०।–बराबरको चिनी,बिडी,आन्टी,भुजा,सिसाकलम लगायतका सामानहरु, ध.उ.म.न.पा. २ ट्राफिक चौराह नजिकबाट अन्दाजी मूल्य रु. ८,४००।–बराबरको प्याज,नरिवल,हरियो मटर,मिठाई,फेसवास लगायतका सामानहरु र भजनी न.पा.५ लालबोझीबाट अन्दाजी मुल्य रु. ४२,५००।– बराबरको दरी र मोटरसाईकल थान-१ गरी जम्मा अन्दाजी मुल्य रु. ६४,२८०।- बराबरको सामानहरु शुक्रबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।