लागू औषध सहित मानिस पक्राउ
२०८०-०९-२८
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, लम्की चुहा न.पा.१ लम्कीबाट ४०० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाउँ वस्ने वर्ष २० को कमल शाहीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो । गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।