लागू औषध सहित मानिस पक्राउ
२०८०-०९-२९
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, भजनी न.पा.९ पहलमान झुलंगे पुल नजीकबाट ५ ग्राम ६६० मिली ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित ऐ. ४ बस्ने बर्ष २७ को अभीसेख चौधरी र ऐ.घोडाघोडी न.पा.१ सुखड बस्ने बर्ष २६ को प्रसान्त चौधरीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ र मोटरसाईकल थान-१ सहित निजहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।