जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ
२०८०-१०-०३
- A
- A-
- A+
कञ्चनपुर:- जिल्ला
कञ्चनपुर, भिमदत्त न.पा.४ स्थित सहारा होटलबाट जुवातास खेलिरहेको अबस्थामा जिल्ला बैतडी
दशरथचन्द न.पा. ११ स्थायी वतन भएका सोही होटल संचालक बर्ष ३७ को गणेश सिह बुडाल समेतका
पाँच जनालाई मंगलबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय
कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उक्त होटेलमा चेकजाँच गर्दा उनिहरुलाई नगद रु.४८,२६०।- र १ गड्डी तास
सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।