प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

उद्योग वाणिज्य संघ कैलाली द्वारा स्वागत तथा परिचयात्मक कार्यक्रम

२०८०-१०-०४

  • A
  • A-
  • A+
Share

धनगढी, ४ माघ  ।

   आज मिति २०८०।१०।०४ गतेका दिन उद्योग वाणिज्य संघ कैलाली धनगढीको सभाहलमा संघका अध्यक्ष श्री पुष्पराज कुँवर समेतको कार्य समितिका पदाधिकारीहरु,होटेल,फलफुल,सागपात,खुद्रा ब्यबसायी,संचारकर्मी लगायत बिभिन्न क्षेत्रका ब्यक्तित्वहरुले सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रबिन्द्र के.सी.ज्यूलाई स्वागत गर्नु भयो । साथै उक्त अवसरमा उहाँले यस क्षेत्रको शान्ति सुरक्षा,तस्करी नियन्त्रण,लागू औषध नियन्त्रण,सिमा सुरक्षा लगायतका बिषयमा सहभागिहरुबाट सोधिएका जिज्ञासाहरुका बिषयमा आफ्नो धारणा राख्नु भएको थियो ।

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।