उद्योग वाणिज्य संघ कैलाली द्वारा स्वागत तथा परिचयात्मक कार्यक्रम
२०८०-१०-०४
- A
- A-
- A+
धनगढी, ४ माघ ।
आज मिति २०८०।१०।०४ गतेका दिन उद्योग वाणिज्य
संघ कैलाली धनगढीको सभाहलमा संघका अध्यक्ष श्री पुष्पराज कुँवर समेतको कार्य समितिका
पदाधिकारीहरु,होटेल,फलफुल,सागपात,खुद्रा ब्यबसायी,संचारकर्मी लगायत बिभिन्न
क्षेत्रका ब्यक्तित्वहरुले सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव
महानिरीक्षक रबिन्द्र के.सी.ज्यूलाई स्वागत गर्नु भयो । साथै उक्त अवसरमा उहाँले
यस क्षेत्रको शान्ति सुरक्षा,तस्करी नियन्त्रण,लागू औषध नियन्त्रण,सिमा सुरक्षा
लगायतका बिषयमा सहभागिहरुबाट सोधिएका जिज्ञासाहरुका बिषयमा आफ्नो धारणा राख्नु
भएको थियो ।