सालकको खपटा सहित मानिस पक्राउ
२०८०-१०-०५
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, बर्दगोरीया गा.पा.६ मुडा स्थित कच्चीसडक खण्डबाट ११ के.जी. १०० ग्राम सालकको खपटा सहित ऐ. भजनी न.पा.८ बस्ने बर्ष ३५ को पर्शुराम चौधरी र ऐ. जोशीपुर गा.पा.४ बस्ने बर्ष ३२ को प्रेम चौधरीलाई बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । गोप्य सूचनाको आधारमा नेपाल प्रहरी प्रदेश कार्यालय, महेन्द्रनगर र ईलाका प्रहरी कार्यालय सुख्खड कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा निजहरुको साथबाट उक्त सालकको खपटा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त सालकको खपटा, निजहरुले प्रयोग गरेको मोटरसाईकल थान-१ सहित निजहरुलाई पक्राउ गरेको हो । आवश्यक कारवाहीको लागी सालकको खपटा सहित निजहरुलाई प्रहरीले डिभिजन बन कार्यालय पहलमानपुर, कैलालीमा बुझाइएको हो ।