प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैंध भन्सार छलिका सामान बरामद

२०८०-१०-०६

  • A
  • A-
  • A+
Share

कैलाली:- जिल्ला कैलाली,ध.उ.म.न.पा.१ त्रिबेणीघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ४,५००।–बराबरको प्याज,हरियो मटर,पानीपुरी,पापड लगायतका सामानहरु, ऐ. ३ ब्यारेल नजिकबाट अन्दाजी मूल्य रु. २६,१७०।–बराबरको चिनी,प्याज,चना,मिठाई,साबुन,मैदा लगायतका सामानहरु र लम्कीचुहा न.पा.१ पञ्चकोशी स्थित सडकको छेउबाट अन्दाजी मूल्य रु. ४८,६००।–बराबरको मिठाई,सुर्ति,पानीपुरी,बिडी,चुरन लगायतका सामानहरु गरी जम्मा अन्दाजी मुल्य रु.७९,२७०।- बराबरको सामानहरु शुक्रबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।

कञ्चनपुर:- जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.६ ऐंठपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १,२९,२००।–बराबरको ग्रीस,पेन्ट,साईकलको टायर,ट्युब, तिल्ली,मोबिल,जि.आई.पाईप,लेडिज सुट,धोती लगायतका सामानहरु र पुनर्वास न.पा.११ राम जानकी टोलबाट अन्दाजी मूल्य रु. १५,०००।- बराबरको प्याज गरी जम्मा अन्दाजी मुल्य रु.१,४४,२००।- बराबरको सामानहरु शुक्रबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।