लागू औषध सहित मानिस पक्राउ
२०८०-१०-०६
- A
- A-
- A+
कञ्चनपुर:- जिल्ला कञ्चनपुर, बेलडाँडी गा.पा.१ झरना सागर टोलबाट ३ ग्राम २० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला पिलिभित टाटरगञ्ज भारत बस्ने बर्ष २८ को ईरफान अलि समेत दुई जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय बेलडाँडी कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ,निजहरुले प्रयोग गरेको भारतिय नम्बर प्लेटको मोटरसाईकल थान १ सहित निज दुबै जनाहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।