आगलागी बाट बिभिन्न धनमाल जलेर नष्ट
२०८०-१०-०७
- A
- A-
- A+
कैलाली:-जिल्ला कैलाली, धनगढी उप-महानगरपालिका १२ A गाउँ बस्ने बर्ष ३५ को त्रिलोक सिँहको काठले बनेको ३ कोठे कच्ची घरमा शनिबार राती अचानक आगलागी हुँदा घर भित्र रहेका अन्नपात, भाडावर्तन, लत्ता कपडा लगायतका सामानहरु गरी अन्दाजी रु.१०,००,०००।– (दश लाख) बराबरको धनमाल जलेर नष्ट भएको हो । आगलागीबाट मानविय, चौपाया क्षति नभएको । उक्त आगलागी स्थानिय,प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।