प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैंध भन्सार छलिका सामान बरामद

२०८०-१०-०८

  • A
  • A-
  • A+
Share

कैलाली:- जिल्ला कैलाली,ध.उ.म.न.पा.२ पुरानो सब्जीमण्डीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ५,०००।–बराबरको प्याज,ऐ. ३ मिलनचोक, ट्राफिक चोक, त्रिनगर ब्यारेल नजिकबाट अन्दाजी मूल्य रु. ८५,२३०।–बराबरको चिनी,पास्ता,माछा,नरिवल,जिरा,मिठाई,बिष्कुट,ललिपप,मटर दाना लगायतका सामानहरु, ऐ.७ राम भगवत चोकबाट अन्दाजी मूल्य रु. २५,०००।–बराबरको प्याज र ऐ.भजनी न.पा.२ पल्टिपुरबाट अन्दाजी मूल्य रु.३,२६,०००।–बराबरको साडी,धोती,थान कपडा,मोटरसाईकल थान-१ लगायतका सामानहरु गरी जम्मा अन्दाजी मुल्य रु.४,४१,२३०।- बराबरको सामानहरु आईतबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।