अबैंध भन्सार छलिका सामान बरामद
२०८०-१०-०८
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली,ध.उ.म.न.पा.२ पुरानो सब्जीमण्डीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ५,०००।–बराबरको प्याज,ऐ. ३ मिलनचोक, ट्राफिक चोक, त्रिनगर ब्यारेल नजिकबाट अन्दाजी मूल्य रु. ८५,२३०।–बराबरको चिनी,पास्ता,माछा,नरिवल,जिरा,मिठाई,बिष्कुट,ललिपप,मटर दाना लगायतका सामानहरु, ऐ.७ राम भगवत चोकबाट अन्दाजी मूल्य रु. २५,०००।–बराबरको प्याज र ऐ.भजनी न.पा.२ पल्टिपुरबाट अन्दाजी मूल्य रु.३,२६,०००।–बराबरको साडी,धोती,थान कपडा,मोटरसाईकल थान-१ लगायतका सामानहरु गरी जम्मा अन्दाजी मुल्य रु.४,४१,२३०।- बराबरको सामानहरु आईतबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।