प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बाघ मृत्त अबस्थामा फेला

२०८०-१०-०८

  • A
  • A-
  • A+
Share

कैलाली:- जिल्ला कैलाली, जानकी गा.पा.९ स्थित अमरावती सामुदायिक बनको जंगलमा घेरबार लगाएको काडे तारमा घाँटी बेरिएको अबस्थामा आईतबार दिउँसो बाघ मृत्त अबस्थामा फेला परेको हो । बाघ मृत अबस्थामा फेला परेको भन्ने स्थानियबाट खबर प्राप्त हुनासाथ प्रहरी चौकी अमरावती कैलालीबाट प्रहरी टोली खटिई उक्त मृत बाघलाई आवश्यक अनुसन्धानको लागी बन डिभिजन कार्यालय पहलमानपुर कैलालीको जिम्मा लगाएको हो ।

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।