अबैंध भन्सार छलिका सामान बरामद
२०८०-१०-०९
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली,ध.उ.म.न.पा. ३ ट्राफिक चोक र सहिदगेटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२५,१५०।–बराबरको चिनी,प्याज,प्लाष्टिक,साबुन,नरिवल लगायतका सामानहरु सोमबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।
कञ्चनपुर:- जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.१० बिद्युत कार्यालय नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ९१,२५०।–बराबरको चिनी,मिश्री,तेल,दाल,प्लाष्टिक लगायतका सामानहरु सोमबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । उल्लेखित सामानहरु आवश्यक कारबाहीको लागी भन्सार कार्यालय गड्डाचौकी पठाएको हो ।