प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैंध लागू औषध सहित मानिस पक्राउ

२०८०-१०-१०

  • A
  • A-
  • A+
Share

कैलाली:-जिल्ला कैलाली,गोदावरी न.पा.५ गेटा आँखा अस्पताल नजिकबाट ८६० ग्राम लागू औषध चरेस जस्तो देखिने कालो पदार्थ सहित सोही ठाँउ बस्ने बर्ष ४५ को राम नाथ रानालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । बिशेष सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी गेटा कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा निजले प्रयोग गरेको मोटरसाईकलको लेगगार्डमा सेतो कट्टा भित्र लुकाई छिपाई राखेको अबस्थामा उक्त पदार्थ फेला पारी, उक्त पदार्थ सहित निजले प्रयोग गरेको मोटरसाईकल थान-१ र निजलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

यसैगरि, जिल्ला कैलाली,गोदावरी न.पा.२ अत्तरिया स्थित महेन्द्रनगर रोडबाट ५६० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित ऐ.३ बस्ने बर्ष २५ को सुरेन्द्र साउँदलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेती कैलालीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी, उक्त पदार्थ सहित निजलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।