अबैंध लागू औषध सहित मानिस पक्राउ
२०८०-१०-१०
- A
- A-
- A+
कैलाली:-जिल्ला कैलाली,गोदावरी न.पा.५ गेटा आँखा अस्पताल नजिकबाट ८६० ग्राम लागू औषध चरेस जस्तो देखिने कालो पदार्थ सहित सोही ठाँउ बस्ने बर्ष ४५ को राम नाथ रानालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । बिशेष सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी गेटा कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा निजले प्रयोग गरेको मोटरसाईकलको लेगगार्डमा सेतो कट्टा भित्र लुकाई छिपाई राखेको अबस्थामा उक्त पदार्थ फेला पारी, उक्त पदार्थ सहित निजले प्रयोग गरेको मोटरसाईकल थान-१ र निजलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यसैगरि, जिल्ला कैलाली,गोदावरी न.पा.२ अत्तरिया स्थित महेन्द्रनगर रोडबाट ५६० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित ऐ.३ बस्ने बर्ष २५ को सुरेन्द्र साउँदलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेती कैलालीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी, उक्त पदार्थ सहित निजलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।