मानिस करेन्ट लागी मृत्यु र घाईते
२०८०-१०-१०
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, घोडाघोडी न.पा. १० स्थित तुल्सीपुर सामुदायिक बनमा ऐ. पहलमानपुर बस्ने बर्ष ४० को धन बहादुर शाहको बुधबार बिहान अन्दाजी ०३:३० बजेतिर करेन्ट लागेर मृत्यु भएको हो । करेन्ट लागी गम्भिर घाईते भएका उनको उपचारका लागि घोडाघोडी अस्पताल सुखड कैलालीमा ल्याई डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको हो । साथै करेन्ट लागि घाईते भएका ऐ.मोहन्याल गा.पा. ३ बस्ने बर्ष ३६ को दुर्गा खत्रीलाई उपचारको लागि घोडाघोडी अस्पताल सुखड हुँदै थप उपचारको लागि मेडिकल कलेज कोहलपुर रिफर गरेको हो । करेन्ट के कति कारणले लागेको हो खुल्न नआएको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।