अबैंध लागू औषध सहित मानिस पक्राउ
२०८०-१०-११
- A
- A-
- A+
कञ्चनपुर:- जिल्ला कञ्चनपुर, बेलौरी न.पा.१० सडकघाटबाट ७७० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाउँ बस्ने बर्ष २६ को प्रशान्त चौधरीलाई बुधबार राती प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी भुडा कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी, उक्त पदार्थ सहित निजलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यसैगरी:- जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.१० गडडाचौकी स्थित व्यारेलबाट ०.८३ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित ऐ. ३ बस्ने बर्ष २८ को दिवस कुँवर र ऐ.१ बस्ने बर्ष २८ को प्रेम राज जोशीलाई बुधबार राती प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय गड्डाचौकी कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी, उक्त पदार्थ सहित निजहरुलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।