अबैंध भन्सार छलिका सामान बरामद
२०८०-१०-११
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली,ध.उ.म.न.पा. २ मिलनचोकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ९४,४००।–बराबरको चिनी,प्याज,साडी,लेहेंगा,धोती,सुईटर,जेनरेटरका बिभिन्न पार्टपुर्जा लगायतका सामानहरु,ऐ. ३ ट्राफिक चोक र ब्यारेल अगाडीबाट अन्दाजी मूल्य रु. २८,८००।– बारबरका चिनी,प्याज,खुर्सानी,केराउ नरिवल,साईकलको ट्युव लगायतका सामानहरु गरी जम्मा अन्दाजी मुल्य रु.१,२३,२००।– बराबरको सामानहरु बुधवार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।