घरको ५ तला माथिबाट हाम फालेर मृत्यु
२०८०-१०-११
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली,धनगढी उप-महानगरपालिका ४ बसपार्क स्थित सोही ठाउँ बस्ने बर्ष ५३ को सन्तोष अग्रवालले बुधबार बिहान अन्दाजी ११:२० बजेतिर आफ्नै घरको ५ तला माथिबाट हाम फाली गम्भिर घाईते भई उनको नवजिवन अस्पताल धनगढीमा उपचारकै क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट आवश्यक अनुसन्धान भईरहेको छ ।