आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
२०८०-१०-११
- A
- A-
- A+
कञ्चनपुर:- जिल्ला कञ्चनपुर,भिमदत्त न.पा.३ तिलकपुर स्थित पार्वती टमटाको दुई कोठे कच्ची घरमा बिजुलीको तार सट भई बुधबार दिउँसो अचानक आगलागि हुँदा घर भित्र रहेका अन्नपात,लत्ता कपडा,मोबायल लगायतका सामानहरू गरी अन्दाजी रु.१६,०००।– बराबरको सामानहरु जलेर नष्ट भएको हो । उक्त आगलागी स्थानिय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।