अबैंध भन्सार छलिका सामान बरामद
२०८०-१०-१२
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली,ध.उ.म.न.पा. ३ ट्राफिक चौराहबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ३०,५१०।–बराबरको चिनी,प्याज,मिठाई,मैदा,नरिवल,तेल,बिडी लगायतका सामानहरु र जोशीपुर गा.पा.३ मनिकापुरबाट अन्दाजी मूल्य रु. १८,५००।– बारबरका चिनी,बिडी लगायतका सामानहरु गरी जम्मा अन्दाजी मुल्य रु.४९,०१०।– बराबरको सामानहरु बिहीवार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।
कञ्चनपुर:- जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.४
बसपार्कबाट अबैंध रुपमा भारतबाट भन्सार
छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १,०६,१००।–बराबरको कोट,पाईन्ट,सुट,स्विटर,मोजा
लगायतका सामानहरु बिहीवार साँझतिर प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला
पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । उल्लेखित सामानहनरु आवश्यक
कारवाहीको लागि भन्सार कार्यालय गड्डाचौकी पठाएको हो ।
यसैगरी:- जिल्ला कञ्चनपुर, पुनर्वास न.पा.४ घ गाउबाट अबैंध
रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ६०,०००।–बराबरको माछा
बिहीवार दिउँसोतिर प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक
प्रक्रिया पुरा गरि नष्ट गरिएको हो ।