आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
२०८०-१०-१२
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, घोडाघोडी न.पा.८ दिपनगर बस्ने भोग बहादुर साँउदको गोठमा बिजुलीको तार सर्ट हुन गई शुक्रबार बिहान आगलागी हुँदा उक्त गोठमा रहेका पराल,काठ लगायतका सामानहरु गरी अन्दाजी रु.१,००,०००/-(एक लाख) बराबरको धनमाल जलेर नष्ट भएको हो । उक्त आगलागी स्थानिय,प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।