अबैंध भन्सार छलिका सामान बरामद
२०८०-१०-१३
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली,ध.उ.म.न.पा. ३ ट्राफिक चौराहबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ३५,६४०।–बराबरको राजिस्थानी ब्लाउज १ रोल,प्याज,मिठाई लगायतका सामानहरु र भजनी न.पा.३ धुसीबाट अन्दाजी मूल्य रु. ३३,४००।– बारबरका चिनी,सुर्ती,बिडी,सुर्ती लगायतका सामानहरु गरी जम्मा अन्दाजी मुल्य रु.६९,०४०।– बराबरको सामानहरु शुक्रवार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।