प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैंध भन्सार छलिका सामान सहित मानिस पक्राउ

२०८०-१०-१४

  • A
  • A-
  • A+
Share

कैलाली:- जिल्ला कैलाली,ध.उ.म.न.पा. ३ ट्राफिकचोक,ब्यारेल नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.६०,०४०।–बराबरको चिनी,प्याज,चामल,अचार,प्लाष्टिक बिष्कुट,सरफ लगायतका सामानहरु शनिबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।

यसैगरि, जिल्ला कैलाली,ध.उ.म.न.पा. १० बनकट्टी घाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,९६,०००।– बराबरको माछा र २ थान मोटरसाईकल सहित सोही ठाँउ बस्ने बर्ष ४३ को जहर रानालाई शनिबार दिउँसो  प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।  उल्लेखित माछा र मोटरसाईकल सहित निजलाई आवश्यक कारबाहीको लागि प्रहरीले कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाएको हो । 

कञ्चनपुर:- जिल्ला कञ्चनपुर,भिमदत्त न.पा.१० बिद्युत कार्यालय स्थित पुर्व पश्चिम राजमार्गबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,७५,६४०।–बराबरको चप्पल,चिनी,सुर्ती,नरिवल,गुड,मटर,माईक्रोनी,मकैको बिउ,भिन्डीको बिउ, नमकिन,बिष्कुट, प्याज लगायतका सामानहरु शनिबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । उल्लेखित सामानहरु प्रहरीले आवश्यक कारबाहीका लागि भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको हो ।

यसैगरि, जिल्ला कञ्चनपुर, बेलौरी न.पा.५ मैना भुराकोटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ५५,०००।–बराबरको जिंक, सुर्ती र ऐ.पुनर्वास न.पा.१ पडाउबाट अन्दाजी मूल्य रु. ६५,०००।–बराबरको ज्याकेट,फुल टि-सर्ट गरि जम्मा अन्दाजी मूल्य रु.१,२०,०००।– बराबरको सामानहरु शनिबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।  

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।