अबैंध भन्सार छलिका सामान सहित मानिस पक्राउ
२०८०-१०-१६
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली,ध.उ.म.न.पा. २ ट्राफिक चौराह नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. २०,१९०।–बराबरको चिनी,मिठाई,खेलौना,अचार,सलाई,साबुन लगायतका सामानहरु र ऐ.३ ब्यारेल नजिकबाट अन्दाजी मूल्य रु. १७,३७०।– बराबरको प्याज,सरप,बेसन,नरिवल चकलेट,चप्पल लगायतका सामानहरु गरी जम्मा अन्दाजी मुल्य रु.३७,५६०।– बराबरको सामानहरु सोमबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।
दार्चुला:- जिल्ला दार्चुला, महाकाली न.पा.४ बसपार्कबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १,९८,०००।–बराबरको चामल सहित ट्याक्टर र चालक दुहुँ गा.पा.१ खर्रा बस्ने उपेन्द्र सिंह धामीलाई सोमबार प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।