आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
२०८०-१०-१६
- A
- A-
- A+
डोटी:-जिल्ला डोटी, जोरायल गा.पा.५ नवकोट गडसेरा स्थित श्री नवदय माध्यमिक बिद्यालयको ढुङ्गा,माटोले बनेको जस्तापाताले छाएको २ तले ६ कोठे छात्रबास भवनको प्रधानाध्यापक बस्ने कोठा भित्र बिद्युत लाईन सर्ट भई मंगलबार बिहानतिर आगलागी हुंदा कोठा भित्र रहेका किताव,लत्ताकपडा,भाँडावर्तन,नगद लगायतका सामानहरु गरि अन्दाजी रु.१,०५,०००।– बराबरको धनमाल जलेर नष्ट भएको हो । आगलागीबाट मानविय क्षती नभएको । उक्त आगलागी स्थानिय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।