प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनामा मृत्यु

२०८०-१०-१६

  • A
  • A-
  • A+
Share

बैतडी:- जिल्ला बैतडी, दोगडाकेदार गाउँपालिका २ कटौजपानी स्थित सिल्लेगडा कालागोरा गाउँ भित्रि सडक खण्डमा सिल्लेगडाबाट कालागोरा गाउँ तर्फ जाँदै गरेको सुप.प्र.०१००२ ज १५३७ नम्बरको बोलेरो जीप सडकबाट अन्दाजी ५० मिटर तल खसेर मंगलबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार जिल्ला बैतडी दोगडाकेदार गा.पा. ८ कालागाउँ बस्ने १५ बर्षिय मनिशा बिष्टको घटनास्थलमै मृत्यु भएको हो । चालक सहित जिपमा सवार घाईतेहरुलाई उद्दार गरि उपचारको लागि जिल्ला अस्पताल बैतडी पठाएको हो । दुर्घटना सम्बन्धमा प्रहरीले आबश्यक अनुसन्धान गरि रहेको छ ।

                                                    निम्न:

१) जिल्ला बैतडी,दोगडाकेदार गा.पा.८ काला गाउँ बस्ने चालक बर्ष अ.३० भुपेन्द्र बिष्ट ।

२) ऐ.ऐ.बस्ने बर्ष अ.६५ गणेश बिष्ट ।

३) ऐ.ऐ.बस्ने बर्ष अ.५० बिरे लुहार ।

४) ऐ.ऐ.बस्ने बर्ष अ.२६ की घुमरा बिष्ट ।

५) ऐ.ऐ.बस्ने बर्ष अ.५० की कृणा बिष्ट  ।

६) ऐ.ऐ.बस्ने बर्ष अ.७० की हरीमाया बिष्ट ।

७) ऐ.ऐ.बस्ने बर्ष अ.१७ को महेश बिष्ट ।


सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।