सवारी दुर्घटनामा मृत्यु
२०८०-१०-१६
- A
- A-
- A+
बैतडी:- जिल्ला बैतडी, दोगडाकेदार गाउँपालिका २ कटौजपानी स्थित सिल्लेगडा कालागोरा गाउँ भित्रि सडक खण्डमा सिल्लेगडाबाट कालागोरा गाउँ तर्फ जाँदै गरेको सुप.प्र.०१००२ ज १५३७ नम्बरको बोलेरो जीप सडकबाट अन्दाजी ५० मिटर तल खसेर मंगलबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार जिल्ला बैतडी दोगडाकेदार गा.पा. ८ कालागाउँ बस्ने १५ बर्षिय मनिशा बिष्टको घटनास्थलमै मृत्यु भएको हो । चालक सहित जिपमा सवार घाईतेहरुलाई उद्दार गरि उपचारको लागि जिल्ला अस्पताल बैतडी पठाएको हो । दुर्घटना सम्बन्धमा प्रहरीले आबश्यक अनुसन्धान गरि रहेको छ ।
निम्न:
१) जिल्ला बैतडी,दोगडाकेदार गा.पा.८ काला गाउँ बस्ने चालक बर्ष अ.३० भुपेन्द्र बिष्ट ।
२) ऐ.ऐ.बस्ने बर्ष अ.६५ गणेश बिष्ट ।
३) ऐ.ऐ.बस्ने बर्ष अ.५० बिरे लुहार ।
४) ऐ.ऐ.बस्ने बर्ष अ.२६ की घुमरा बिष्ट ।
५) ऐ.ऐ.बस्ने बर्ष अ.५० की कृणा बिष्ट ।
६) ऐ.ऐ.बस्ने बर्ष अ.७० की हरीमाया बिष्ट ।
७) ऐ.ऐ.बस्ने बर्ष अ.१७ को महेश बिष्ट ।