अबैंध भन्सार छलिका सामान सहित मानिस पक्राउ
२०८०-१०-१६
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, गौरीगंगा न.पा. वडा नं.०८ देउराली चोकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१३,०२,४००।- बराबरको चिनी,बिडी र सु.प.प्र.०१००२ च ३९५७ नम्बरको गाडी सहित चालक जिल्ला कैलाली,जानकी गा.पा.२ बस्ने वर्ष २६ को धनिराम चौधरीलाई मंगलबार दिउँसो सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय मसुरिया कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।